Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
फेरी अर्की सभाषदले खाईन झापड

फागुन,२८ महोत्तरी । चियाँ पसलेसँग विवाद गर्दा नेकपा-माओवादीकी निवर्तमान सभासद बुधनीदेवी महतो आफ्नै गाउँ गौशालामा कुटिएकी छिन् । चिया खान गएको बेला गौशाला बजारमा महेन्द्र शाहले सञ्चालन गर्दै आएको चिया पसलमा महतोमाथि निर्घात कुटपिट भएको हो । उनको अनुहार र टाउकोमा चोट लागेको छ । समानुपातिक कोटामा सभासद बनेकी महतो गौशालकै स्थानियबासी हुन् । चिया खाने क्रममा पसलेले छिटै चिया खाएर टेबल खाली गर्न भनेपछि पसले शाह र सभासद महतोबीच विवाद भएको थियो । त्यहिक्रममा उहाँमाथि कुटपिट भएको र पछि प्रहरीले सुरक्षा दिएर इप्रका गौशालामा लगेको थियो । कुटपिटमा संलग्न रामजीवन साहलाई प्रहरीले पक्राउ गरेको छ भने पसल धनी र कामदारहरु पसल बन्द गरेर फरार भएका छन् ।

0 comments

तपाईंको प्रतिकृया