Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
चालको लापरबाहीका कारण जन्ती बस दुर्घटना, १५ को मृत्यु २६ घाईते

सन्तोष बस्याल
 फागुन २१ पाल्पा,

बिहेको ढोगभेट सकेर दुलाहाको घरमा फर्किदै गरेको बस आईतबार बेलुकी पाल्पाको चिदीपानी भन्ने स्थानमा दुर्घटना हुदा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ जना घाईते भएका छन । साढे ९ बजे तिर भएको दुर्घटनामा परेका अधिकांशको अबस्था चिन्ताजनक रहेको बताईएको छ । चिदिपानी गाबिसको बुढीकोटबाट खानीछाप गाबिसको आमडाँडामा जन्ती गएर दुलाहाको घर चिदिपानी ७ फर्किदै गरेको लु १ ख २७९५ नम्बरको बस आर्यभञ्याङ्ग, राम्दी सडक खण्डमा पर्ने चिदिपानी १ धैरेनीमा सडकबाट झण्डै ७ सय मिटर तल भालुखोलामा खसेको हो । १२ जनाको घटना स्थलमै र ३ जनाको उपचारको क्रममा लुम्बिनि मेडिकल कलेज प्रभास तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । घाईते ९ जनाको मिसन अस्पताल तानसेन र १७ जनाको लुम्बिनि मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । घटनास्थलमा मृत्यु हुनेहरु बस चालक हुमिन पाल्पाका ३० बर्षिय मिलन बिक, चिदिपानी ७ का १७ बर्षिया केशब कुमार बिरकट्टा, २५ बर्षिय योगेन्द्र चर्ती, २५ बर्षिय केशरी पुन, २५ बर्षिया बिष्णुबहादुर चर्ती, १८ बर्षिय नबिन सुर्यबंशी, ३० बर्षिय लुलीसारा सारु, २६ बर्षिय रमेश बिक, ६० बर्षिय बेदबहादुर बिरकट्टा, ७ बर्षिया बालक कमल जर्घा, २८ बर्षिय लोकबहादुर सारु, १६ बर्षिया नबिना सुर्यबशींको घटनास्थलमै ज्यान गएको हो । त्यस्तै उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा चिदिपानी ७ का २८ बर्षिय सुरज न्यौपाने, ६५ बर्षिय अम्मर बहादुर दर्घा र बर्ष २५ की रमा सारुको ज्यान गएको छ । चालक मिलन मिलन बिकले होटलमा बसी अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरेको कारण बसको नियन्त्रण गुमाउदा दुर्घटना भएको सोही बसमा सवार जन्ती बिसाल सारुले संचारकर्मी माझ जसोतसो बताए । “गुरुले नजिकैको होटलमा बसेर रक्सी खानु भएको रैछ बिच बिचमा पनी गाडी यताउता गरेको थियो म त छतमा थिए, गाडी एक्कासी छेउमा भएको प्यारामिट भत्काउदै सोझै भिरबाट तल खस्यो” उनले भने । दुर्गटनास्थल अत्यन्तै अप्ठयारो र अध्यारो स्थानमा भएका कारण प्रहरीलाई उद्धारमा निकै कठिनाई भएको प्रहरी चौकी आर्यभञ्जयांगले जनायो । रातको समय त्यसमा पनी करीब आधा घण्टा तल खसेको बसबाट घाईतेहरुलाई माथी सम्म ल्याउन प्रहरीलाई हम्मे हम्मे परेको थियो । राती करिब एक बजे मात्र रणदल गुल्म पाल्पाको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी, सेना, स्थानिय र अन्य सवारी चालक तथा सवारीको सहयोगमा घाईतेहरुलाई अस्पताल पुरयाईएको प्रहरी निरिक्षक सुर्यबहादुर चन्दले बताए । आर्यभन्ञ्यागंको चार जना र जिल्ला प्रहरी कार्यालयको १२ जना प्रहरीको साथमा घाईतेहरुको उद्धार गरिएको चन्दले बताए । घटनास्थलमा प्रहरी पुग्दा निकै कारुणीक अबस्था रहेको र बचाउ बचाउ भन्दै घार्यतेहरुले गुहार मागिरहेको उनले सुनाए । शबको जिल्ला अस्पतालमा पोष्ट मार्टम भएको र परिवारलाई बुझाउने तयारी भैरहेको प्रहरीको भनाई छ ।

0 comments

तपाईंको प्रतिकृया