Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
निकास निर्वाचबाट मात्रै ः खनाल

फागुन १८ काठमाडौं, नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अन्यौलपूर्ण अवस्थाबाट देशलाई पार लगाउने एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् । निर्वाचनबाट आउने प्रतिनिधिमलुक निकायले मात्र मुलुकलाई निकाश दिन सक्ने भएकोले अहिले सबै दल निर्वाचनतर्फ केन्द्रित भएको खनालको भनाई छ । धादिङबेसीमा नेकपा एमाले धादिङको सातौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै खनालले अन्य कुनै पनि विकल्पमा सहमति हुन नसकेपछि प्रधानन्यायाधीशको नाममा सहमति जनाउनु परेको बताए । उनले प्रधानन्यायधिश निष्पक्ष र तटस्थ व्यक्ति भएकोले उनको नेतृत्वमा चुनावमा जादा कुनै अफ्ठेरो नहुने दावी पनि गरे ।

0 comments

तपाईंको प्रतिकृया