Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा सहमति

फागुन २८ काठमाडौ, प्रमुख चार दलका शीर्ष नेताहरुबीच सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा सहमति भएको छ । सेना समायोन विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा करीब चार घण्टासम्म चलेको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा सहमति भएको नेताहरुले बैठकपछि प्रतिक्रिया दिएका छन् । बाँकी विषयमा छलफल गर्न मंगलबार बिहान ११ बजे चार दलकने बैठक बोलाइएको छ । यस्तै अपरान्ह चार बजे सर्वदलीय बैठक बोलाइएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा सहमति भएपनि दलहरुबीच नागरिकता, निर्वाचन प्रणाली, लडाकुको दर्जा निर्धारण लगायतका विषयमा विवाद छ । यसअघि चार दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश खिलराज रेग्मीसँग भेट गरेका थिए । चार दलले तयार पारेको बाधा अड्काउ फुकाउको मस्यौदा अध्ययनपछि प्रधानन्यायाधीश रेग्मीले चार दलका शीर्ष नेताहरुसँग छलफल यरेका हुन्। रेग्मी निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको बताइएको छ । प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व हस्तान्तरण गर्न चार दलले २४ बुँदे बाधा अड्काउ फुकाउको मस्यौदा बनाएका थिए ।

0 comments

तपाईंको प्रतिकृया