शीर्ष नेताहरुको बैठक सुक्रबार फेरी वस्ने

फागुन २४ काठमाण्डौ । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनका लागि गरिने सहमतिलाई अन्तिम रुप दिने प्रयासमा आज बसेको मुख्य तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक भोलीसम्मकालागि स्थगित भएको छ । सेना समायोजन विषेश समितिको सचिवालय नयाँबानेश्वरमा बसेको बैठकमा आज पनि ठोस सहमति भएको छैन । तर, नेताहरुले आफूहरु सहमति नजिक पुगेको बताएका छन् ।
भोली विहान कार्यदलको बैठक बस्ने र त्यसपछि शीर्ष नेताहरुको बैठक बसेर सहमतिको प्रयास गरिने एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले चुनाबी सरकार गठनको टुंगो भोली लाग्ने दावीसमेत गर्नुभयो ।
दलहरुले विवादित विषयमा भोली कानुन व्यवसायीहरुसँग परामर्श गर्ने निर्णय पनि गरेका छन् । सत्य निरुपण तथा बेपत्ता खोनबिन आयोग, नागरिकता, मतदाता नामावली, समायोजित लडाकुको दर्जा निर्धारणजस्ता बिषयमा विवाद मिलाउन दलहरुले प्रयास जारी राखेका छन् ।

0 comments
तपाईंको प्रतिकृया