मलेसियामा तलव घट्यो
रामचन्द्र नेपाल
२१ फागुन, क्वालालम्पुर । बिदेशी श्रमिकलाई पनि मासिक ९ सय रिंगेट तलव दिने भन्ने खवरसँगै खुसी भएका नेपाली श्रमिकको खुसी एक महिनाभित्रै चकनाचुर भएको छ । तलव बृद्धिको घोषणासँगै मलेसिया सरकारले अन्य बिबादास्पद निर्णय गरिदिंदा अहिले मलेसियाका श्रमिक तलव बढ्नुको सट्टा पहिलेभन्दा कम पैसा पाउन थालेका छन् । ‘धेरै नेपाली दाजुभाईहरुले पहिलेको भन्दा कम पैसा पाउन थालेको गुनासो गर्न थाल्नुभएको छ’ मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत लेखनाथ भट्टराईले अनलाइनखवरसँग भन्नुभयो-’बरु पहिले नै ठिक थियो भन्ने स्थीतिमा उहाँहरु पुग्नुभएको छ ।’ पहिले मासिक ५ सय ४६ न्यूनतम तलव भएपनि ओभरटाइमका कारण मासिक औसत एक हजार रिंगेटजति कमाउने नेपालीहरुको कमाई अहिले सात आठ सय पनि पुग्न मुस्किल हुन थालेको छ ।
‘पहिलो कुरा सवै बिदेशी श्रमिकलाई न्यूनतम तलव दिने भन्ने निर्णयमै थुप्रै सहुलियत दिएर रोजगारदातालाई सजिलो बनाइएको छ । बिदेशी श्रमिकका हकमा न्यूनतम तलव दिन नसक्ने भए कारणसहित निबेदन दिनु भनेको छ, कारण दिन कुनै कठिनाई छैन, त्यसैले अधिकांस रोजगारदाता न्यूनतम तलव नदिन प्रेरित भए’ भट्टराईले भन्नुभयो-’परिक्षणकालमा ३० प्रतिशत कम तलव तिर्नुपर्ने नियम नै बनाइदिएपछि अर्को समस्या आएको छ ।’ यसरी परिक्षण कालमा रहने बिदेशी कामदारले औसत ६ सय रिगेट तलव पाउँछन, त्यसमाथि औसत डेढ सय रिंगेट लेभी काट्दा उनीहरुसँग साढे चार सय रिंगेट पनि बच्न कठिन हुन्छ । ‘कतिपय कम्पनीले होष्टल, गाडी भाडा र पानीको पैसा पनि काट्ने भन्न थालेका कारण धेरै समस्या आइरहेको छ’ भट्टराईले भन्नुभयो ।

0 comments
तपाईंको प्रतिकृया