Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्रहरीबाट भाग्नेलाई कर्णालीले बगायो

नेपालगञ्ज, फागुन २२–माथिल्लो कर्णाली आयोजना स्थलमा मदिरा सेवन गरि होहल्ला गर्ने एक समुहलाई शसस्त्र प्रहरीले पक्राउ गर्न खोज्दा भाग्ने क्रममा कर्णाली नदीले बगाएर १ जना वेपत्ता भएका छन् । आयोजनाको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले पक्राउ गर्ने क्रममा कर्णाली नदीमा हाम फालेका ५ जना मध्य एक जना वेपत्ता भएका हुन् । पौडिन नसक्दा अछाम भैरवस्थान –३ का २१ वर्षीय जितबहादुर विसी बगेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । घटनाको विरोधमा पिडित परिवारले मंगलबार विहानदेखि कर्णाली राजमार्ग वन्द गरेका छन् । सशस्त्र प्रहरीले कुटपिट गरि वेपत्ता पारेको पिडित परिवारको आरोप छ ।

0 comments

तपाईंको प्रतिकृया