एजेन्सी– भारतमा गत डिसेम्बरमा एक युवतिमाथि भएको सामुहिक बलात्कारका मुख्य अभियुक्त राम सिंहले जेल भित्रै हात्महत्या गरेका छन् । उनी बिरुद्ध मुद्दाको फैसलाको पेसी आजकालागि तोकिएकोमा त्यसअघि नै उनले आत्महत्या गरेका हुन् । उनले स्थानीय समय अनुसार आज बिहान पाँच बजे तिहाड जेलभित्र आत्महत्या गरेका थिए । सिंहले झ्यालको ग्रीलमा कपडाले बाँधेर घाँटीमा पासो लगाई आत्महत्या गरेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । गृहमन्त्रालयले जेल प्रशासनसँग २४ घण्टा भित्र घटना सम्बन्धि सत्य तथ्य रिपोर्ट माग गरेको छ । यस सम्बन्धि थप अनुसन्धान जारी रहेको तिहाड जेल प्रशासनले जनाएको छ । गत १६ डिसेम्बरमा नयाँदिल्लीमा यात्रुबाहक बस भित्र २३ वर्षीया युवतिको सामुहिक बलात्कार भएको थियो । सिंह त्यस बसका ड्राइभर थिए । ति युवतिको उपचारको क्रममा मृत्यु भएको थियोे । घटनाको बिरोधमा भारतभर प्रर्दशन भएको थियो । त्यसपछि सरकारले बलात्कार सम्बन्धि कानुन परिमार्जन गरेको छ ।
सामुहिक बलात्कारका मुख्य अभियुक्तद्वारा आत्महत्या

0 comments
तपाईंको प्रतिकृया