Sports
»
एएफसी च्यालेन्ज कपमा नेपाल बंगलादेशसँग पराजित
एएफसी च्यालेन्ज कपमा नेपाल बंगलादेशसँग पराजित

फागुन २१ काठमाडौं, एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तरगत छनोट चरणको दोस्रो खेलमा नेपाल बङ्गलादेशसग पराजित भएको छ । घरेलु छोली नेपाल बंगलादेशसँग २-० ले पराजित भएको हो । खेलको २७ औं मिनेटमा बंगलादेशले पहिलो गोल पेनाल्टी मार्फत गरेको हाे। विराज मर्हजनले बंगलादेशी खेलाडीलाई लडाएपछि रेफ्रीले बंगलादेशलाई पेनाल्टी दिएका थिए । दोस्रो गोल मध्यान्तर पछि खायो । नेपालले गोलका लागि धरै मौका पाएपनि सदुपयोग भने गर्न सकेन ।
हारपछि नेपालको अघिल्लो चरणको प्रवेश कठिन भएको छ । पहिलो खेलमा नदर्न मारियानालाई ६-० ले हराएको नेपालले अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राख्न प्यालेस्टानलाई हराउनै पर्छ भने बंगलादेश र नदर्न मारियानाबीचको खेलको नतिजा कुर्नुपर्छ ।
लगातार २ खेल जितेको प्यालेस्टाइन ६ अंकका साथ समूहको शीर्ष स्थानमा छ भने ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । समान अंक जोडेको बंगलादेश गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । पुछारमा रहेको दर्नद मारियानाले भने अंकको खाता नै खोल्न सकेको छैन ।
0 comments
तपाईंको प्रतिकृया