Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
यौन व्यवसायबाट करोडपति

लखनउ/ भारतको उत्तरप्रदेश राज्यको मेराठस्थित कवाडी बजारमा रहेको वेश्यालयको कारोबारमा हालैका दिनमा क्रान्तिकारी परिवर्तन देखिन थालेको छ । त्यहाँ कार्यरत १५ सय बढी वेश्याका छोराछोरी देशका प्रमुख विद्यालयमा अध्ययन गर्छन् । जसमध्ये एउटी कोठी मालिक्नीको कथा भने झन् रोचक छ । उनको केही समयअघि निधन भइसकेको छ, तर उनको कोठी सञ्चालन गरिरहेकी महिलाका अनुसार मृतकले वेश्यावृत्ति गरेर नै आफ्ना दुई भाइलाई उच्च शिक्षा हासिल गराएकी थिइन् । हाल ती महिलाका एक भाइ मध्यप्रदेशमा आइपिएस छन् भने अर्का भाइ उत्तरप्रदेशमा भेटनरी डाक्टरका रूपमा सेवा गरिरहेका छन् । त्यहाँ काम गर्ने वेश्याहरू प्रति महिना औसत एक लाख कमाउँछन् । आम्दानीको अधिक हिस्सा उनीहरूले आफ्ना छोराछोरीको पढाइमा खर्चिने गरेका छन् । उनीहरूका छोराछोरी उत्तरप्रदेश तथा देशका विभिन्न महँगा स्कुल तथा क्याम्पसमा उच्च शिक्षा हासिल गरिरहेका छन् ।

0 comments

तपाईंको प्रतिकृया