Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सुर्यकुण्डको अश्थित्व संकटमा

सन्तोष बस्याल
पाल्पा २९ फागुन । हिन्दु धर्मावलम्बीहरुकौ अत्यन्त महत्पुर्ण धार्मिक क्षैत्रका रुपमा रहैको प्रभाषको सुर्यकुण्ड यतीखैर खण्डहर बन्ने अबस्थामा पुगेको छ । पौराणिक मान्यता आनुशार सुर्यकुण्डमा स्रावणकौ सोमबार, एकादशी, सक्रान्ती लगाएतका दिनहरमा स्नान गरी शिवजीको मन्दीरमा जलार्पण गरै पुण्य प्राप्ती हुने धार्मिक बिस्वास रहकौ छ । तर सुर्यकुण्डकौ अस्थित्वनै समाप्त हुने गरी लुम्बिनी मेडिकल कलेजले ठुला ठुला भवन खडा गरे पछी सुर्यकुण्डकौ अस्थित्व संकटमा परेको हो । केही बर्ष अगाडी सम्म स्नान गर्नै र बंशगोपाल मन्दिरमा दर्शन गर्नेहरुकौ ठुलो घुईचौ लाग्ने यस स्थानमा अहिले ठुला ठुला भवन निर्माणले स्नान गर्नेहरुलार्य निकै असहज भएको छ । जसका कारण यस स्थानमा आउनेहरुको पनी संख्या घटन थालेको स्थानियहरु बताउछन । धेरै ठुलो धार्मिक बिस्वास रहैको यस स्थान अतिक्रमणको बिषयलई लिएर जिल्लामा ठुला ठुला बहस चलै पनी सरोकार वाला निकाय मौन बसीदिदा जिल्लाकै महत्वपुर्ण धार्मिक स्थाल लौप हुनै अबस्थामा पुगेको छ । पर्यटकीय तथा सिंशार क्षैत्रको रुपमा परिचित प्रभास क्षेत्र र तालकै छेउमा रहेको सुर्यकुण्डकौ अस्थित्वलाई लिएर स्थानियलै धेरै पटक आवाज उठाए पनी उनीहरुको आवाज सुनिदिने कोही नभएकोले महत्वपुर्ण धार्मिक स्थल लौप हुनै अबस्थामा पुगेको स्थानियको गुनासो छ । लुम्बिनी मेडिकल कलेजले मनोमानी ढंगबाट भवन निर्माण गर्नालै धार्मिक महत्वकौ स्थान सुर्य कुण्ड मात्र हौईन जिल्ला बिकास समितीकौ स्वामित्वमा रहैको ३२ रोपनी क्षेत्रफलमा रहेको कमलपोखरी तालको अस्थित्व पनी खतरामा परेको छ । मेडिकल कलेजबाट नै निस्कने बिभिन्न केमिकल युक्त फोहर पदार्थका कारण पनी वरीपरीकौ वातावरणमा नराम्रो असर परेको स्थानियको गुनासो छ । तस्बिर सौजन्य– दुर्गा परियार

0 comments

तपाईंको प्रतिकृया