Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
फेरि जनयुद्ध हुन सक्छ- वैद्य

चैत्र ३ काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले देशको राजनीतिक अवस्था विग्रँदै गएको भन्दै २०५२ सालको जस्तै जनयुद्धको पुनरावृत्ति हुनसक्ने बताएका छन् । आज राजधानीमा अखिल नेपाल लेखक संघले गरेको कार्यक्रममा अध्यक्ष वैद्यले अहिलेका ठूला दल र तिनका नेताहरुले देश र जनताका विरुद्ध काम गरेको भन्दै २०५२ सालमा माओवादीले गरेको सशस्त्र युद्ध दोहोरिन सक्ने बताएका हुन् । कार्यक्रममा बोल्दै वैद्यले मुलुकमा दलीय व्यवस्था असफल भएको भन्दै मुलुक २०४६ साल अघिको अवस्थामा फर्किएको टिप्पणी गरे । प्रधानन्यायधीशलाई चुनावी सरकारको नेतृत्व दिएर ठूला दलले जनताप्रति बेइमानी गरेको भन्दै उनले सशक्त आन्दोलन गरिने समेत बताए ।

0 comments

तपाईंको प्रतिकृया