दुई दिनभित्र चुनावी सरकार बन्छः खनाल
विराटनगर, फागुन २५–नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सहमतिको साझा बिन्दु फेला परिसकेकाले अब एकदुई दिनभित्रै प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बन्ने बताएका छन् ।
प्रेस चौतारी नेपालको सातौँ केन्द्रीय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष खनालले बस्ने शीर्ष दलहरुको बैठकले सहमतिको बिन्दुलाई अन्तिम रुप दिने बताए । प्रधानन्यायाधीसकोसरकारको गठन हुने वित्तिकै देश चुनावमा होमिने खनालले बताए ।
अध्यक्ष खनालले देशमा संविधानसभाको निर्वाचनको विकल्प नभएकाले सहमतिमा कुनै ढिलाइ गर्न नहुनेपनि बताए ।
0 comments
तपाईंको प्रतिकृया