Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
चुनाबमा भाग लिने नलिनेमा नेकपा–माओवादी भित्रै बिवाद

चैत ७ काठमाडौ,
नेकपा–माओवादीले आगामी चुनावमा भाग नलिने भएको छ । आज नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरुसँगको छलफलमा माओवादी उपाध्यक्ष सीपी गजुरेलले चुनाबमा भाग नलिने जानकारी गराउनु भएको हो । बर्तमान सरकार असंवैधानिक ढंगले गठन भएको जिकीर गर्दै गजुरेलले खिलराज रेग्मी नेतृत्वको सरकार बनाउन मुख्य दलहरुले गरेको सहमति खारेज हुनुपर्ने बताउनु भयो । काठमाडौंको तारे होटलमा आयोजित अन्तक्र्रियामा विभिन्न देशका राजदूतहरुले भने राजनीतिक निकासका लागि एकमात्र उत्तम विकल्प चुनाब भएकोले चुनाबमा भाग लिन माओवादीलाई आग्रह गरेका थिए ।

यसैबीच नेकपा–माओवादी नेतृत्वले आगामी चुनाबमा भाग नलिने बताइरहँदा सोही पार्टीका तीनजना केन्द्रीय सदस्यहरुले भने चुनाबमा जानुपर्ने भन्दै विज्ञप्ति निकालेका छन् । कृष्णध्वज खड्का, रेखा शर्मा र कुमार दाहालले आज विज्ञप्ति निकालेर चुनावमा भाग लिनुपर्ने बताएका हुन् । चुनाव हुन नदिने र देशलाई थप अराजकता र अन्योलमा पु¥याउने खेलप्रति सबै देशभक्त–गणतान्त्रिक शक्ति सजग हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

0 comments

तपाईंको प्रतिकृया