एमाले छाडेका नेता झाको घरमा प्रचण्ड
धनुषा ९ चैत, । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो पदबाट राजीनामा दिएका एमाले पोलिट्ब्युरो सदस्य रामचन्द्र झालाई भेट्नुभएको छ । सहिद अजवलाल यादवको ११ औं स्मृति सभामा सहभागी हुन धनुषा पुग्नुभएका अध्यक्ष प्रचण्डले झाको निवासमै गएर उहालाई भेट्नुभएको हो ।
अध्यक्ष प्रचण्ड पार्टी मधेस ब्युरो इन्चार्ज हरिबोल गजुरेलका साथ जनकपुर–२ कदमचोकस्थित झाको निवास पुग्नुभएको थियो । संघीयता सम्बन्धमा पार्टीस“ग कुरा विचार नमिलेकाले एमाले छाडेको बताएका झा एकीकृत माओवादी प्रवेश गर्ने तयारीमा हुनुहुन्छ ।
झा आजै माओवादी प्रवेश गर्ने तयारीमा रहेको बताइए पनि काठमाडौ“मा हुने विशेष कार्यक्रमबाट मात्र पार्टी प्रवेश गर्ने सहमति भएको बुझिएको छ । भेटमा एकीकृत माओवादीको जारी केन्द्रीय समिति बैठकले जिम्मेवारीको टुंगो लगाएपछि मात्र झा पार्टी प्रवेश गर्ने समझदारी बनेको छ ।
नेता झाले हिजो गृहजिल्ला धनुषाबाट फ्याक्समार्फत अध्यक्ष झलनाथ खनाललाई सम्बोधन गरी एमाले मुख्यालय बल्खुमा राजीनामापत्र पठाउनु भएको थियो ।
0 comments
तपाईंको प्रतिकृया