भीरबाट खसेर मृत्यु
जरकोट , फाल्गुन ३० - जाजरकोट ढीमे ७, धनरासीका २० बर्षीय भूमिलाल पुनको भीरबाट खसेर मृत्यु भएको छ । पाँचकाटीयाबाट घरतर्फ र्फकंदै गर्दा ढीमे -५ को पाखापानी भीरबाट एक सय मीटर तल खसेर पुनको मृत्यु भएको स्थानीय भाइकाजी पुनले बताए । उनले मदिरा सेवन गरेर बाटो हिड्ने क्रममा पाखापानी भीरबाट खसेर मृत्यु भएको आशंका गरिएको छ । भीरबाट खसेको तीन दिन पछि मंगलबार घाँस दाउरा गएका स्थानीयले उनको शव फेला पारेको पुनले बताए ।

0 comments
तपाईंको प्रतिकृया