भारतमा स्विस महिला श्रीमानकैसामु बलात्कृत
चैत्र ३ मुम्बई, छिमेकीमुलुक भारतको मध्य प्रदेशमा आफ्नो श्रीमानसहित भ्रमणमा रहेकी स्विस महिला सामुहिक बलात्कारमा परेकी छन् । मध्य प्रदेशको मताई गाउँमा ३९ वर्षीया ती महिलाको ८ जनाले सामुहिक बलात्कार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
पुरुषहरुको एक समूहले उनका श्रीमानलाई श्रीमतिकै सामुन्ने बन्धक बनाएर बलात्कार गरेको बताईएको छ । स्विस दम्पति साईकल यात्रा गर्दै जाँदा बलात्कारको शिकार हुन पुगेका हुन् ।
घटनामा संलग्न भएको आरोपमा ८ जनालाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । महिलाको ग्वालियर अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।
बलात्कारका घटना विरुद्ध भारतभर प्रदर्शन भईरहेपनि यस्ता घटनामा कमी आएको छैन ।

0 comments
तपाईंको प्रतिकृया