Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्रसासनिक लापरबाहिको सम्बन्धमा भैरहवा भन्सारलाई सोधपुछ

नरेश के सी
भैरहवा, चैत्र ७ ।
भन्सार कार्यलय भैरहवामा भएको प्रसासनिक लापरबाहिको सम्बन्धमा सम्बन्धिभत निकायले सोधपुछ गरेको छ । राजस्व उठाउने हिसाबले मुलुककै दोस्रो ठुलो भन्सार मानिने भैरहवा भन्सार परिसर अस्तव्यस्त जस्तै छ । सीमावर्ति भारतीय बजार। सुनौलिबाट घर खर्चकालागी चिनी चियापत्ति ल्याउदा पनि कर्मचारीले विभिन्न बहानामा पैसा असुल्ने गरेको, भारतमा मजदुरी गरी घर फर्कने नेपालीसंग अनाधिकृत रुपमा रकम असुल्ने तथा दुख दिने गरेको, कार्यलयमा दरबन्दि भन्दा बढी कर्मचारी कार्यरत रहेको, सरुवा भएर पनि कर्मचारी भन्सारमै कार्यरत रहेको, लिलाम हुनुपर्ने सवारी साधन समयमै लिलाम नभएको तथा सेवाग्राहिसंग भन्सार कर्मचारीले अनियमित रुपमा पैसा उठाएको सम्बन्धमा यसै दैनिकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचार प्रकाशित पछि स्थानिय प्रसासनले भन्सार प्रमुखलाई मौखिक रुपमा सोधपुछ गरेको जनाएको छ । जिल्लाका निमित्त सिडीओ कृष्ण प्रसाद खनालले भन्सार प्रमुख कुलराज ज्ञवालीलाई प्रसासनमा बोलाई मौखिक रुपमा भन्सारमा भइरहेको लापरबाहि तथा अनियमितता सम्बन्धमा सोधपुछ गरीएको बताए । भैरहवा भन्सारमा ८६ जना कर्मचारीको दरबन्दि रहेकोमा १२४ जना कार्यरत छन् । जसमध्ये कार्यलय सहयोगीको रुपमा २८ जना हुनुपर्नेमा ५६ जना कार्यरत छन् । त्यसैगरी प्रत्येक ४ , ४ महिनामा हुनुपर्ने जफत सवारी साधनको लिलाम ७ महिना सम्म भएको छैन । यसअघि असोजमा लिलाम भएको थियो । समयमै लिलाम नहुदा राम्रा कन्डीसनका गाडीहरु घाम पानी , माटो तथा झाडी पातपतिंगरले गर्दा कार्म नलाग्ने भएका छन् । जसले गर्दा राज्यलाई वार्षिक करौडौं नोक्सान हुनेगरेको छ । सरुवा भएका कर्मचारी विष्णुदत्त बडु सामन्य प्रसासन मन्त्रालयको सरुवा पत्रलाई लत्ताउदै सरुवा भएको कार्यलय जिल्ला पशु सेवा कार्यलयमा गएका छैनन् । उता कर्मचारीको अभाव जिल्ला पशु सेवा कार्यलय, रुपन्देहीको कामकाज प्रभावित भएको कार्यलय प्रमुख डा.लक्ष्मण बहादुर ढकालले जनाएका छन् । पत्रिकामा समाचार प्रकाशित पछि अब आउनुपर्ने कर्मचारी आउछन् की भन्नेमा कार्यलय आसाबादी भएको प्रमुख डा. ढकालले प्रतिक्रिया दिए । समाचार प्रकाशित भएपछि कमसेकम प्रसानले चासो देखाउदा देशकै दोस्रो ठुलो भन्सार भैरहवा भन्सारमा केहि प्रसासनिक सुधार हुने आसा गरिएको छ । यता लामो समयदेखी लिलाम नभएका सवारी साधन लिलाम नभएकोप्रति पनि प्रसासनले चासो देखाएपछि भन्सार प्रसासनले लिलाम गर्ने प्रक्रिया अगाडी सारेको भन्सार स्रोतले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया