Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मन्त्रिमण्डल निर्माणमा चार दलबीच भागवण्डा

चैत्र ३ काठमाडौं । चार दलीय उच्चस्तरीय राजनीतिक समितिले आजदेखि औपचारिक रुपमा काम सुरु गरेको छ । सेना समायोजन विशेष समिति सचिवालय नयाँ बानेश्वरमा आज साँझ बसेको समितिको बैठकले समितिमा चार दलकोतर्फबाट एक–एक जना सदस्य थप गर्ने र समितिको संयोजकको जिम्मेवारी हरेक महिना आलोपालोगरी लिने निर्णय गरेको छ । दलहरुबीच यसअघि ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने र सहमतिको आधारमा निर्वाचन आयोगमा पदाधिकारी नियुक्त गर्ने विषयमा भागवण्डाको सहमति भएको थियो । आजको बैठकमा चार दलबीच मन्त्रिपरिषद्का अध्यक्षलाई तीन जना र चार दलकोतर्फबाट दुई–दुई जना मन्त्री नियुक्त गर्नेगरी भागवण्डाको सहमति भएको स्रोतले जनाएको छ । समितिले मन्त्रिपरिषद विस्तार, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा पदाधिकारी नियुक्ति गर्न अन्तरिम चुनावी परिषद्का अध्यक्ष खिलराज रेग्मीसँग भोलि छलफल गर्ने जनाइएको छ । बैठकले संविधानसभा–व्यवस्थापिका संसदको निर्वाचन सफलताका साथ सम्पन्न गर्न असन्तुष्ट दलहरुसँग समेत छलफल गरी वातावरण बनाउने निर्णय गरेको पनि छ ।

0 comments

तपाईंको प्रतिकृया