Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मदरबाबा मेलामा नेपाली ठेकेदारवाट भारतीय ठगिए ।

अमृता घिमिरे
फाल्गुन २२ नवलपरासी, फाल्गुन कृष्ण पक्षको चतुर्थि वाट शिवरात्रि सम्म लाग्ने नवपरासीको रुपौलिया कुडिया विच लागेको धार्मिक क्षेत्र मदरबाबा मेलामा मेला ठेकेदारले मन परि रुपमा रकम उठाएर ठगि गरेको पाइएको छ । मेला व्यवस्थापन समिति कुडिया ले मदरबाबा मेलामा आउने भारतिय जिप र कार वाट नेपाली ५० रुपैया तोकीएको भाडामा ठेकेदार कुमार प्रसाद यादव र समितिका केही व्यक्तिको मिलोमोतोमा ५० रुपैया भारतिय लिने गरेको मेला आएका सवारी चालकले गुनासो गरेका छन । यस विषयमा मेला ववस्थापन समितिका अध्यक्ष पे्रमचन्द्र गुप्ता सगं जानकारी लिन खोज्दा गुप्ताले आफुलाइ यस वारे कुनैपनि जानकारी नभएको वताउनु भएको छ । त्यसैगरी त्रिवेणि झोलनीपुर भन्सार का कर्मचार्रीहरुले प्रहरीको सहयोगमा आउने भारतिय सवारी साधनका धनी सगं एउटा सवारी साधनको ४ सय ५२ रुपैया रसिद काटि थप ४८ रुपैया दस्तुर गरी ५र६ सय भारु लिने गरेको सवारी धनीले वताएका छन । यसरी मेला व्यस्थापनकै केहि व्यतिmको मनपरि तन्त्रको कारणले गर्दा मेला हेर्न आएका भक्त जनहरुले पटक पटक दोव्वर खर्च वेहोर्नु परेको छ ।

0 comments

तपाईंको प्रतिकृया