Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अकस्मातको बन्दले देशभरका शैक्षिक संस्था प्रभावित

फागुन २० काठमाडौं, एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गोल्डेन गेट कलेजको बसमा आगजनी गरेको विरोधमा निजी शैक्षिक संस्थाहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट इन्स्टिच्युसन अफ नेपाल अपिनले आइतवार देशभरका शैक्षिक सस्थाहरु बन्द गरेको छ । बन्दका कारण आइतवार निजी स्कूल तथा कलेजहरु बन्द भएका छन् । बन्दले २० हजार शैक्षिक संस्थामा अध्ययनरत ७५ लाख विद्यार्थी मर्कामा परेका छन् । बन्दले आइतवारको केही प्लस टु कलेजहरुमा भइरहेको प्रिबोर्ड परीक्षा समेत स्थगित गरिएको कलेजहरुले जनाएका छन् । संगठन खोल्न नदिएको विरोधमा अखिल क्रान्तिकारीले गोल्डेन गेट कलेजको बसमा आगजनी अपिनले आइतवार देशभरका निजी शैक्षिक सस्था बन्द गरेको हो ।

0 comments

तपाईंको प्रतिकृया