Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
निर्वाचन आयोगले आज पूर्णता पाउने

  चैत ११, काठमाडौं । निर्वाचन आयोगले आज पूर्णता पाउने भएको छ । राष्ट्रपति रामवरण यादवले प्रमुख आयुक्त र आयुक्तहरु आज नियुक्त गर्ने भएकोले निर्वाचन आयोगले पूर्णता पाउने भएको हो । संवैधानिक परिषदको सिफारिस अनुसार राष्ट्रपतिले प्रमुख निर्बाचन आयुक्तमा निलकण्ठ उप्रेती तथा आयुक्तहरुमा दोलखबहादुर गुरुङ्ग, अयोधी प्रसाद यादव, रामभक्त पीवी ठाकुर र इला शर्मालाई आयुक्तमा नियुक्त गर्नु हुने छ । निवर्तमान पदाधिकारीलाई नियुक्त गर्न संविधानले नरोक्ने संवैधानिक परिषदको जवाफअनुसार राष्ट्रपतिले पदाधिकारी नियुक्त गर्ने उहाँका निजी सचिव ललित बस्नेतले जानकारी दिनुभयो । यसअघि राष्ट्रपतिले परिषदले नियुक्तिकालागि पठाएको नामावली अन्तरिम संविधानको धारा १२६ को उपधारा ३ र ७ आकर्षित हुने÷नहुने स्पष्ट पार्न माग गर्नु भएको थियो । परिषदले राष्ट्रपति कार्यालयलाई पठाएको जवाफमा उहाँहरुलाई पुननियुक्ति नभई नयाँ नियुक्ति गर्न लागिएकोले संविधानको धारासँग नबाझिने स्पष्ट पारिएको छ । उप्रेती, गुरुङ र यादव तिनैजनाले यसअघि अन्तरिम संविधानको धारा १२८ को उपधारा २ बमोजिम निर्बाचन आयोगको ६ बर्षे कार्यकाल पूरा गरिसक्नु भएको छ । ठाकुर र शर्मा भने नयाँ हुनुहुन्छ । देशमा चुनाव गराउने प्रमुख निकाय निर्बाचन आयोगले पूर्णता पाएपछि निर्बाचनका लागि औपचारिक प्रक्रिया शुरु हुने छ ।

0 comments

तपाईंको प्रतिकृया