Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पाखुरामा ‘आइ लभ यु’ लेखेर आत्महत्या

फागुन २२ बर्दिबास, – महोत्तरी जिल्लाको बर्दिबासस्थित देउराली उच्च माविमा कक्षा ११ मा अध्ययन गर्ने १७ वर्षीया छात्र मंगलबार बर्दिबासकै नवक्षितीज उच्च माविको कक्षा कोठामा मृत फेला परेका छन्। बर्दिबास-७ का निजर कार्की बिहान सो विद्यालयको कक्षा कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। आफ्नो हातको पाखुरामा ‘आइ लभ यु’ लेखेका कार्कीले असफल प्रेमको कारण आत्महत्या गरेका हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक बाबुराजा खड्काले जानकारी दिए । छात्रको शव परीक्षणका लागि जलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ। कार्कीले सोमबार राति आत्महत्या गरेको हुनसक्ने प्रनि खड्काले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। -रासस

0 comments

तपाईंको प्रतिकृया