चौतारीमा अर्याल
२७ फागुन काठमाण्डौ । नेकपा एमाले आवद्ध पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको सातौं राष्ट्रिय अधिवेशनबाट प्रतिस्पर्धी विष्णु रिजाललाई भारी मत अन्तरले पराजित गर्दै राजेन्द्र अर्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
गए राति सम्पन्न अधिवेशनबाट नेता केपी ओली पक्षधरका अर्यालले अध्यक्ष झलनाथ खनाल पक्षधरहरुको सहयोगमा नेता माधब नेपाल निकट विष्णु रिजाललाई पराजित गर्नुभएको हो । निर्वाचनमा कुल ४ सय ७७ मत खसेकोमा अर्यालले ३४४ मत र रिजालले १३२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
चौतारीको वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद शर्मा निर्वाचत हुनुभएको छ । यस्तै महासचिबमा माधब नेपाल, अधिवेशनबाट ५ जना सचिबहरुमा गणेश पाण्डे, टिका विष्ट, राजेश राई, नरेन्द्र साउद र रामकुमार एलन निर्वाचित हुनुभएको छ । यस्तै कोषाध्यक्षमा विश्वमणी सुवेदी विजयी हुनुभएको छ । अध्यक्षमा निर्वाचित राजेन्द्र अर्याल व्यवसायिक र सक्रिय पत्रकार हैनन् । अर्यालय सहित केन्द्रीय समितिमा पत्रकारितामा सक्रिय नरहेका अनुहारहरु उल्लेख्य संख्यामा निर्वाचित भएका छन् ।

0 comments
तपाईंको प्रतिकृया