Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कांग्रेस र एमालेको ध्यान सरकार बिस्थापनमा मात्रै : सापकोटा

फाल्गुन २० काठमाडौ,– एमाओवादी प्रवक्ता अग्नी सापकोटाले कांग्रेस र एमालेले निर्वाचनमा जान भन्दा पनि सरकार बिस्थापनाको लागि सहमतिको लागि तयार भएको आशंका व्यक्त गरेका गरेका छन् । सञ्चारकर्मीसागको नियमित भेटघाटको क्रममा सापकोटाले उनले भने, ‘उहाँहरु सहमति छाडेर देश दौडाहामा जानु भएको छ । उहाँहरुले निर्वाचन नभई यो सरकारको बिस्थापन मात्रै चाहेको हो कि भन्ने आशंका छ ।’ उनले राजनीतिक दलहरुबीच सहमति भए जेठमै निर्वाचन गर्न सम्भव भएको दाबी गरे । जेठमा निर्वाचन गर्नको लागि फागुन २४ गते सर्वोच्चको सुनुवाई हुनुअघि नै प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठनको लागि दलहरुको तयारी भइरहेको उनको भनाई थियो ।

0 comments

तपाईंको प्रतिकृया