२५ फागुन, काठमाडौं । आज मार्च ८ अर्थात् अन्तराष्ट्रिय श्रमिक महिला दिवस नेपाल सहित विश्वभर मनाइदैछ । ‘महिला हिंसा अन्त्य गरौं, कुरा होईन काम गरौं’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा राजनीतिक दल निकटका महिला संगठन, महिला तथा बालबालिका मन्त्रालय, महिला आयोग, अधिकारकर्मीलगायतले सचेतनामुलक कार्यक्रम गर्दैछन् । महिला हिंसा नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै अकुपाई बालुवाटारले आज विहान प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रदर्शन गरेको छ । महिला माथी हुने सबै प्रकारका विभेद र हिंशा अन्त्य गर्नकालागि जनचेतना फैलाउने र हिंसाविरुद्ध आवाज उठाउने उद्देश्यका साथ हरेक बर्ष मार्च ८ तारिकमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस वा नारी दिवस मनाउने गरिन्छ । महिला हिंसा न्युनिकरण तथा जागरणका लागि जति काम भएका छन् त्यो अनुपातमा उपलब्धि भने हाँसिल हुन सकेको छैन । पछिल्ला दिनमा नेपाल सहित विश्वभर महिला सामाजीक, आर्थिक तथा शारिरिक रुपमा झनै असुरक्षित हुँदै गएको देखिएको छ । महिला माथी हुने हिंसा नियन्त्रणको सुरुवात सबैभन्दा पहिले आफ्नै घरबाट गर्नुपर्ने अधिकारकर्मीहरुको सुझाव छ ।
नारी दिवस विश्वभर मनाइदै

0 comments
तपाईंको प्रतिकृया