बन्दकर्ताले प्रेसलाई पनि छाडेनन्
.jpg)
२३ फागुन, काठमाडौं । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने विरोधमा नेकपा–माओवादी नेतृत्वको नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले आह्वान गरेको नेपाल बन्दले जनजीबन प्रभावित भएको छ ।
काठमाण्डौं उपत्यका लगायतका विभिन्न जिल्लामा सवारी साधान, बजार, कलकारखाना ठप्प छन् । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा सर्वसाधारण अलपत्र परेका छन् । यसअघि लगातार दुई दिनसम्म विद्यालय बन्दको मारमा परेका विद्यार्थीहरुको पठन पाठन पनि प्रभावित भएको छ ।
हेटौंडा औद्योगिक क्षेत्र जबर्जस्ती बन्द गराउन खोज्ने २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्द अवज्ञा गरेको भन्दै दाङमा सातवटा सवारी साधनमा बन्दकर्ताले क्षति पु¥याएका छन् । बन्दमा सटर खोलेको भन्दै बन्दकर्ताले नेपाल पत्रकार महासंघ दाङको कार्यालयको सटरमा ईंटा र ढुंगा प्रहार गरेका छन् । काभ्रेमा राजधानी दैनिकको बा ८ च ३१७ नम्बरको गाडि तोडफोड गरिएको छ । सिन्धुपाल्चोकमा यातायातका साधन नचले पनि बजार भने खुलेका छन् ।

0 comments
तपाईंको प्रतिकृया