Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रेग्मीलाई प्रधानन्यायाधीशबाट राजिनामाका लागि दवाव

चैत ९ काठमाडौं –पूर्व प्रधानन्यायाधी सहित न्यायाधीशहरुले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको राजिनामा माग गरेका छन् । पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा र पूर्व न्यायाधीशद्वय बलराम केसी र भरतराज उप्रेतीले संयुक्त विज्ञप्ति जारी गरी अदालतको आदेशलाई समेत ध्यानमा राखि रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्ने माग गरेका हुन् । प्रधानन्यायाधीश मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्त हुनु र त्यसअघि अदालतमा मुद्दा विचारिधीन रहेको अवस्थामा दलका नेताहरुलाई भेट्नु न्यायापालिका,सम्वन्धी मान्य सिद्धान्त र आचार संहित विरित भएको भन्दै विज्ञप्तिमा भनिएको छ’संविधानको पालना गर्ने भनि आफूले लिएको शपथ, न्यायाधीशहरुको आचार संहिता,संविधानको धारा १०६ मा गरिएको स्वतन्त्र न्यायपालिकासम्वन्धी व्यवस्था र स्वतन्त्र न्यायपालिका सम्वन्धी विभिन्न अन्तराष्ट्रिय दस्तावेजहरुद्वारा स्थापित सिद्धान्त र सर्वोच्चले जारी गरेको आदेशलाई समेत ध्यानमा राखी हालै मन्त्रिपरिषद्को अध्यक्षका रुपमा कार्यरत प्रधानन्यायाधीश खिलराज रेग्मीले अविलम्ब प्रधानन्यायाधीशको पदबाट राजीनामा गर्न माग गर्दछौं ।’ धारा १ सय ५८ को आधारमा संविधान संशोधन गरि प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद् अध्यक्ष बनाउने कार्य कानूनी शासन, संविधानवाद, स्वतन्त्र न्यायपालीका र शक्ति पृथकीकरणको सिद्धान्त विपरित भएको भन्दै पूर्व न्यायाधीशहरुले यस्तो कार्य स्वीकार्य नहुने बताएका छन् । पूर्व न्यायाधीशहरुले ‘रेग्मीले मन्त्रिपरिषद् अध्यक्षको कार्यकारी र राजनीतिक पद नै स्वीकार गर्न नहुने थियो’ भनेका छन् । प्रधानन्यायाधीशको यस्तो क्रियाकलापले न्यायाधीशहरुको आचारसंहिता उल्लंघन हुनुका साथै स्वतन्त्र न्यायपालिका बचाउका लागि संविधानले गरेका व्यवस्थाहरु तहसनहस हुन पुगेको विज्ञप्तिमा उल्लेख छ । पूर्व न्यायाधीशहरुले संविधानको धारा १ सय ६ को १ मा गरिएको संशोधनलाई संविधान उपरको बेइमानी भएको टिप्पणी गरेका छन् ।

0 comments

तपाईंको प्रतिकृया