Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
दुई दिनको बन्दले वीरगंज भन्सारमा ३० करोड घाटा

फागुन २४ काठमाण्डौ । देशको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालयले उठाउदै आएको राजश्वमा दुई दिनको बन्दले झण्डै ३० करोड भन्दा बढि राजश्व असुली प्रभाबित भएको छ । हिजो बैद्य माओबादी निकट गणतान्त्रीक मोर्चा र आज संघिय लोकतान्त्रीक मोर्चाले गरेको नेपाल बन्दका कारण दुई दिन आयात निर्यात ब्यापार ठप्प हुँदा ३० करोड राजश्व घाटा ब्यहोर्नुपरेको वीरगंज भन्सार कार्यालयले जनाएको छ । त्यसैगरी सिर्सीयास्थित सुख्खाबन्दरगाह कार्यालयले समेत दुई दिनको बन्दले ३ करोड राजश्व घाटा ब्यहोर्नुपरेको जनाएको छ । यसैगरी लगातार भएको दुई दिनको बन्दले वीरगंज पथलैया करीडोरमा रहेका बहुराष्ट्रिय कम्पनी सहित सानाठुला गरी झण्डै ७ सय ५० उद्योगहरु प्रभाबीत भएका छन् ।

0 comments

तपाईंको प्रतिकृया