आज महाशिवरात्री पर्व मनाइदै, आजै सेना दिवस÷टुडिखेलमा विशेष समारोह

२७ फागुन काठमाण्डौ । आज महाशिवरात्री पर्व मनाइदै छ । फाल्गुन कृष्ण चर्तुदर्शीका दिन मनाइने यो पर्वको अवसरमा काठमाण्डौको पशुपति नाथ सहित देश भरका शिवालयहरुमा बिहानैदेखि भक्ताजनको घुइचो लागेको छ ।
७५ लाख रकम खर्च गरेर व्यवस्थापन गरिएको पशुपतिनाथको मेलामा दर्शनार्थीले बढिमा डेढ घण्टाभित्र दर्शन गरिसक्ने व्यबस्था मिलाइएको पशुपति क्षेत्र बिकास कोषले जनाएको छ । कोषका कोषाध्यक्ष नरोत्तम बैद्यका अनुसार १२ लाख दशर्नार्थीले मेलामा सहभागिता जनाउनेछन् भने सुरक्षाका लागि चार हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको छ । हिन्दुधर्म अनुसार कालरात्रि मोह रात्रि र शीभरात्रि विशेष मानिन्छन् । शीभरात्रि मनाउन भारतबाट मात्रै पाँच हजार बढि साधु आएका छन् ।
आज दर्शनार्थीको भीडका कारण बत्तीसपुतली, गौशाला, रातोपुल, जयबागेश्वरी मित्रपार्क, बाग्मतीपुल र गौरीघाट भित्र सवारीसाधन निषेध गरिएको छ ।
यस्तै पाटनको कुम्भेश्वर, खोटाङको हलेसी महादेब, नुवाकोटको दुम्जेश्वर, रामेछापको शैलुगेश्वर मुडे, काभ्रेको चण्डेश्वर लगायतका स्थानमा बिहानैदेखि भक्तजनको घुईचो लागेको छ ।
यसै बिच नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आज सेना दिवस मनाउदै छ । नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति रामबरण यादबको प्रमुख आतिथ्यतामा शैनिक मन्च टुडिखेलमा विशेष समारोह हुदैछ । नेपाली सेनाले हरेक वर्ष महाशिभरात्रीको दिन सेना दिवस मनाउने गर्दछ । यस्तै देशभरका विभिन्न क्षेत्रका सैनिक जंगी अड्डा मातहतका पृतना, बाहिनी, गण, गुल्म लगायतले पनि विशेष कार्यक्रमको आयोजना गरेका छन् ।

0 comments
तपाईंको प्रतिकृया