Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्रधान्याधिसमा सहमति गर्नु बाध्यता –नेपाल

फागुन १९, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने सहमति बाध्यात्मक भएको बताउनुभएको छ । प्रेस चौतारी म्याग्दीले आज बेनीमा गरेको पत्रकार भेटघाटमा नेपालले कानुनी र संवैधानिक अड्चन फुकाएर प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रक्रिया सकारात्मक रुपले अघि बढेको बताउनुभयो । दलभित्रैबाट सहमतिको चुनावी सरकार बनाउन नसकेपछि निष्पक्ष चुनाव गराउन प्रधानन्यायाधीशको नेतृत्व स्वीकार गर्नुपरेको उहाँले बताउनुभयो । आफूहरु वर्तमान सरकारको विस्थापनका निम्ति शक्ति केन्द्रीकरण, सर्वसत्तावादको जोखिमप्रति र लोकतन्त्र खतरामा पर्न नदिन सचेत रहेको उहाँको भनाइ छ । प्रधानन्यायधीशको नेतृत्वमा चुनावी सरकार बनाउने पार्टीको निर्णयप्रति केही समय अघि असन्तुष्ट रहनुभएका नेपाल स्थायी समितिको पछिल्लो बैठकपछि सकारात्मक देखिनुभएको हो ।

0 comments

तपाईंको प्रतिकृया