सरकार चुनावको सहजकर्ता : रेग्मी

काठमाडौं २८ चैत, । अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले चुनावको लागि सरकारले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ । उद्योग वाणिज्य महासंघको ४७ औं साधारण सभा तथा उद्योग बणिज्य दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले यस्तो बताउनु भएको हो । उहाँले चुनावको लागि सरकारको एक्लो प्रयास मात्र सम्भव नहुने भन्दै सबैको सकारात्मक सहयोग पाउने अपेक्षा राख्नुभयो । निर्वाचन गर्नकै लागि गठन गरिएको वर्तमान सरकारले त्यसको तयारी गरिरहेकोले निर्वाचनको बाताबरण तयार गर्न सबै जुट्नुपर्ने बताउनुभयो । सरकारको सबैै ध्यान निर्वाचनमा केन्द्रित रहेको उहाँले बताउनुभयो । नेपालमा आर्थिक विकास मुख्य समस्या बनेकोले अर्थतन्त्रलाई गति दिनु आवश्यक रहेको उहाँले बताउनुभयो । देशको प्रगतिको लागि उत्पादनशील क्षेत्रमा लगानि वढाउनु आवश्यक रहेकोले सरकारले त्यसलाई बजेटमा प्राथमिकता दिएको रेग्मीले बताउनुभयो । आर्थिक विकासका लागि राजनीतिक स्थायीत्वमा उहाँले जोड दिनुभयो ।

0 comments
तपाईंको प्रतिकृया