Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
चियापान तथा शुभकामना आदानप्रदान

कपिल ज्ञवाली    
 बुटवल, बैसाख ६  
 नेपाल बिद्यार्थी संघको ४३ औ स्थापना दिबसको अबसरमा नेबिसंघ सिद्धार्थ गौतमबुद्ध क्याम्पस एकाइ समितिले शुक्रबार क्याम्पसमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । नेबिसंघका कार्यबाहक सभापति जगदीश पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नेबिसंघ जिल्ला सचिब बिष्णु पोखरेलले बिद्यार्थीहरुलाई आगामी स्वबियू चूनावका लागि तयारी थाल्न निर्देशन दिनुभयो । उहाले चुनाबलाई निश्पक्ष बनाउन आग्रह गर्दै स्वबियू चुनावमा नेबिसंघलाई बहुमतका साथ बिजयी गराउन उपस्थित सबैलाई आग्रह गर्नुभयो । चियापान समारोहमा कर्मचारी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पसका सभापति ओमभद्र गौतम,प्रजातान्त्रिक प्राध्यापक संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पसका सचिब ओम प्रकाश अर्याल,बिद्यार्थीहरु जमुना पन्थी,मोहन ज्ञवाली,सुन्दर खना,प्रकाश घिमिरे,अरुणा बञ्जाडे,रमेश अर्याल लगायतले बोल्दै नयांबर्षको शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रम इकाइ सचिब शशिराज बेल्बासेको संचालनमा भएको हो ।

0 comments

तपाईंको प्रतिकृया