एमाले नेता झा एमाओवादी

काठमाडौं, चैत २४– नेकपा एमालेले लिएको संघियता र मधेश सम्बन्धी नीतिमा असन्तुष्टि जनाउँदै पार्टी छोडेर बसेका नेता रामचन्द्र झा आजदेखि औपचारिक रुपमा एकिकृत माओवादीमा प्रवेश गरेका छन् । उनसँगै विगतमा एमालेमा रहेर राजनीति गरेका पुर्व सभासद लक्कि शेर्पा, हरेन्द्र राय यादव, लगाएतका प्रभावशाली युवा नेता पनि एकिकृत माओवादीमा प्रवेश गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित स्वागत कार्यक्रममा एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यहरु बाबुराम भट्टराई, नारायणकाजि श्रेष्ठ लगाएतले उनीहरुलाई रातो अविर र माला लगाएर स्वागत गरेका थिए । स्वागत समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजमा प्रभाब बनाईसकेका नेताहरुको प्रवेशले पार्टीलाई थप जिम्मेवार बनाएको बताए उनले जनताले फेरि आफुहरुलाई फेरि जिम्मेवारी दिन लागेको बताउँदै त्यसलाई सहि तरिकाले निर्वाह गरिनुपर्नेमा सचेत गराए । अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गरेका नेताहरुलाई उचित जिम्मेवारी दिने प्रतिवद्धता समेत व्यक्त गरे । । माओवादी प्रवेश गर्नुभएका मधेशका प्रभावशाली नेता झाले पार्टी प्रवेश समारोहमा लिखित मन्तव्य राख्दै आफु एकिकृत माओवादीको सातौ महाधिवेशनले लिएको बाटोबाट प्रभावित भएको बताए । झाले विगतमा आ आफ्नो संगठन सुरक्षाका लागि तिक्तता भए विर्सेर नयाँ बाटोमा अघि बढनुपर्नेमा जोड दिए ।

0 comments
तपाईंको प्रतिकृया