Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
असारमा चुनाव नभए सरकारको दोष हुँदैनः नेपाल

काठमाडौं, चैत ३१–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले असारमा चुनाव हुन नसके अन्तरिम चुनावी मन्त्रिपरिषदको कुनै दोष नहुने बताएका छन् । उनले सरकारलाई उच्चस्तरीय राजनीतिक समितिले नियन्त्रण र हस्तक्षेप गरेको संकेत गरे । ललितपुरमा शनिबार भएको एक कार्यक्रममा नेता नेपालले चुनावी सरकारलाई स्वतन्त्र र सहजरुपमा काम गर्न दिनुपर्ने धारणा राखे । उनले वर्तमान सरकारलाई दलीय भागबण्डाको शिकार बनाउन नहुनेमा समेत जोड दिए । उच्चस्तरीय राजनीतिक समितिमा सरकारको विरोध गरिरहेकाहरुलाइ पनि समेटेर नयाँ चुनाव सम्पन्न गर्न सबै दलको सहभागिता सुनिश्चित गर्नुपर्ने नेपालको भनाइ छ ।

0 comments

तपाईंको प्रतिकृया