आउदो निर्वाचनबाट दोस्रो ठुलो पार्टीका रुपमा स्थपित हुने फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छादारको दावी
मोरङ,चैत ३१–मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छादारले आउदो निर्वाचनबाट आफ्नो पार्टी मुलुकको दोस्रो ठुलो पार्टीका रुपमा स्थपित हुने दावी गरेका छन्।
मोरङमा पार्टी जिल्ला समितिको आयोजनामा भएको सुभकामना आदन प्रदान कार्यक्रममा उनले मधेशी,आदिवासी जनजाती तथा पीछडा वर्गको साथ लिएर आउदो निर्वाचनबाट दोस्रो ठुलो पार्टीका रुपमा स्थापित हुने जिकीर गरे ।
आउदो निर्वाचन पछाडि परेका, बर्ग,जाति र क्षेत्रको अधिकार रक्षाका लागि भएको भन्दै गच्छादारले निर्वाचनको माहौँल सिर्जना गर्न पनि आग्रह गरे ।
पहिचान सहितको संघियता र संघियता सहितको संविधान आफूहरुको माग रहेको भन्दै गच्छादारले साथ दिन सबैलाई आग्रह गरे ।

0 comments
तपाईंको प्रतिकृया