'सरकार मजदुरको पक्षमा काम गर्न प्रतिबद्ध'
काठमाडौं १८ बैशाख । अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले श्रमजिवि मजदुरहरुको हकहितको पक्षमा सरकारले आफ्ना कार्य निरन्तर जारी राख्ने प्रतिबद्धता जनाउनु भएको छ । १ सय २४ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिदै उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।
राजनीतिक अस्थीरताका कारण श्रमको कदर गर्ने कतिपय सवालमा सोंचेअनुसार प्रगति हुन नसकेको स्वीकार गर्दै रेग्मीले राजनीतिक स्थायीत्वको लागि अठोट गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आगामी निर्बाचनलाई सफल पार्ने कार्यमा उत्साहजनक सहभागीता जनाउन सबै मजदुरहरुलाई अपील गर्दै अध्यक्ष रेग्मीले निर्बाचन प्रकृयामा सहभागीता जनाउने विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समतामूलक राष्ट्र निर्माणका लागि मजदूरहरुको अधिकार सुनिश्चित हुनुपर्ने बताउनु भएको छ । मजदूर दिवसका अवसरमा आज शुभकामना सन्देश दिदै अध्यक्ष प्रचण्डले नयाँ र समृद्ध संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा श्रमजीवी मजदूरहरुको महत्वपूर्ण भूमिका हुने बताउनु भएको छ ।
नेपाललाई औद्योगिकीकरण गरी नेपाली जनताको जीवनमा उल्लेखनीय परिवर्तन ल्याउन नेपालभित्र र बाहिरका श्रमजीवी नेपाली मजदूरहरुको योगदान निर्णायक रहने शुभकामना सन्देशमा उल्लेख छ ।
0 comments
तपाईंको प्रतिकृया