Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
चार दलको सहमति मानिन्न- बैद्य

   बैशाख १ काठमाण्डौं ।  नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले चार दलले गरेको सहमति र राष्ट्रपतिले जारी गरेको सहमति खारेज नहुदा सम्म निर्वाचन हुनै नसक्ने बताउनु भएको छ । राजधानीको संवाद डबलीमा परम्परागत आयुर्वेद स्वास्थ्यकर्मी संघ नेपालले प्रकाशन गरेको आयुर्वेद वुलेटिनको  एक कार्यक्रमका वीच बिमोचन गर्दे अध्यक्ष बैद्यले आफूहरु सहमति, शान्ति र निर्वाचन विरोधी नभएको तर चार दलले जनतालाई धोका दिएमा आफूहरु जनताको पक्षमा उभिने बताउनु भयो । अध्यक्ष वैधले आफुलाई सच्चा लोकतन्त्र वादी भएको दावी गर्ने दलहरुले नै संसदीय ब्यवस्थाको धज्जी उठाएको टिप्पणी गर्नुभयो ।  वैधले शहीदका सपनालाई पूरा गर्ने गरी जनताको संविधान निर्माण हुन नसकेमा आफुहरुले आन्दोलनलाई निरन्तर जारी राख्ने स्पष्ट पार्नुभयो । उहाले राष्ट्रिय स्वाधिनता र जनताका अपेक्षालाई पूरा गर्नका लागी आफुहरुले फेरि क्रान्तिको झण्डा उठाउने दावी गर्नुभयो ।  उहाले पश्चिमा मुलुकहरुबाट पनि सिप र प्रविधि सिक्नु पर्ने भन्दै स्वास्थ्य क्षेत्रमा समेत माफीयाले चलखेल गर्ने गरेको स्वास्थ्यकर्मीहरुले बताउने गरेकाले दुखद भएको बताउनु भयो । कार्यक्रममा संघका अध्यक्ष गणेश बहादुर राउतले अहिलेका राष्ट्रपतिले नै स्वास्थ्य विधेयक ल्याएर ५८ सालमा परम्परागत आयुर्वेदलाई अवैधानिक बनाएकाले आफूहरुले आन्दोलन गर्नु परेको बताउनु भयो । कार्यक्रममा विद्याभुषण बज्राचार्य, डा सुधा श्रेष्ठ लगायतकालाई सम्मान पनि गरिएको थियो ।

0 comments

तपाईंको प्रतिकृया