Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
भोली र पर्सी बन्द आह्वान

कैलाली, बैशाख २– पश्चिम नेपालका पाँच जिल्ला कैलाली, कञ्चनपुर, दाङ, बाँके र बर्दियामा मंगलबार र बुधबार गरी दुई दिन बन्द आह्वान गरिएको छ । गत महिना लालमटिया –८, दाङकी १२ वर्षिया सृजना चौधरीको ललितपुर जिल्लाको चाकुपाटस्थित इन्जिनियर युवराज पौडेलको डेरामा हत्या गरिएको भन्दै थारु संघसंस्थाहरुले बन्द आह्वान गरेका हुन् । हत्यारालाई र्कावाही गनुपर्ने, राजनीतिक संरक्षण बन्द गर्नुपर्ने, कमलहरी बाधाश्रम ऐन लागु गर्नुपर्ने, उच्चस्तरिय छानविन समिति गठन लगायतका माग राखेर बन्द आहावान गरिएको छ । थारु कल्याण कारणी सभा, थारु राष्ट्रिय मुक्तिमोर्चा, नेपाल थारु लोकतान्त्रिक संघ, नेपाल लोकतान्त्रिक संघ थारुवान, थरुहट तराई पार्टी, फोरम लोकतान्त्रिक पार्टी थारुवान लगायतका बिभिन्न संस्थाले बन्दको आहावान गरेका छन । कैलालीस्थित विभिन्न थारु समुदायका संघसंस्थनाले बन्दलाई सफल पारी एउटा अबोध नारीको आत्मसम्मान गर्दै न्यायको पहल गरिदिन सर्वसधारणमा आग्रह गरेको छ ।

0 comments

तपाईंको प्रतिकृया