पाल्पामा देशभरमै सबै भन्दा बढी अबैध हतियार संकलन
सन्तोष बस्याल
पाल्पा २१ चैत्र।
गृह मन्त्रालयले जारी गरेको ३५ दिने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाले देश भरमै सबै भन्दा बढी अबैध हतियार संकलन गर्न सफल भएको छ । कार्यालयले बुधबार कार्यालय प्रांगडका संकलित ५२३ थान बिभिन्न प्रकारका हतियार सार्बजनिक गरेको हो । संकलित हतियारहरुमा एक थान सकेट बम र एक थान ३६ हेण्ड ग्रिनेट र अरु सबै भरुवा बन्दुक रहेका छन । यस अघी ईलाममा करिब तिन सय हतीयार संकलन भएको थियो । प्रहरीले सार्बजनिक सुचना जारी एक महिनाको अबधीमा ति हतियार संकलन गरेको जनाएको छ । प्रहरीले हतियार बुझाउने सुचना जारी गरे संगै जिललाका बिभिन्न चौकीहरु मार्फत ति हतीयार संकलन गरिएको हो । संकलित हतियारहरुमा सबै भन्दा बढी १०६ थान अस्थाई प्रहरी चौकी जब्गादीबाट भएको हो । त्यस्तै अस्थाई प्रहरी चौकी रुप्सेबाट १०२ थान, अस्थाई प्रहरी चौकीबाट ५८ थान हतियार संकलित भएका हुन । हतियार सार्बजनिक गदै पाल्पाका प्रहरी प्रमुख स्थानेश्वर रेग्मीले जनताको सहयोगका कारण आशा गरिएको भन्दा बढी हतियार संकलन गर्न सफल भएको बताए । रेग्मीका अनुशार सकलित हतियार बिशेष गरी ग्रामिण भेगका बाँदर धपाउन, शिकार खेल्न तथा मगर समुदायमा साईत बोलाउनका लागी प्रयोग हुने गरेको पाईएको जानकारी दिए । यो भन्दा अघी ईलाममा धेरै हतियार संकलन भएका थिए । संकलित हतियार मध्य ३६३ थान हतियार अबैध रहेको र अन्य हतियार लाईसेन्सको समयाबधी नागेको पाईयो प्रहरी भनाइ छ । प्रहरीका अनुशार हतियार संकलन कार्यले सफलता प्राप्त गरे पछी कंही कतै छुटेको पनी हुन सक्ने भन्दै अरु एक महिना थप गएिको छ । थप गरिएको समयमा अझ बढी अबैध हतियार संकलन हुने आशा राखेको डिएसपी रेग्मीले बताए । प्रहरीले बिशेष गरी संकलनका लागी ग्रामिणस्तरमा हतियार संकलनका लागी घर दैलो अभियान नै चलाए पछी यती धैरे हतियार संकलन भएको बतायो । साथै प्रहरीले घरदैलो अभियान जारी राखेको पनी रेग्मीले सुनाए । साथै प्रहरीले जिल्लाको शान्ती सुरक्षा चुस्त दुरुस्त राख्न फरार अभियुक्त पक्राउ गर्ने अभियान, ट्राफिक नियममा कडाई, मापसे अभियान र ग्रामिण क्षेत्रमा घुम्ती अभियानलाई अझ कडाईका साथ लागु गर्ने पनी जनाएको छ । तस्बिरः ओ हो कती धैरे? जिल्ला प्रहरी कार्यालयले एक महिनाको अबधीमा संकलन गरेका अबैध हतियार । संकलित हतियार नेपालमै सबै भन्दा बढी हो ।

0 comments
तपाईंको प्रतिकृया