Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
चुनावमा भाग लिन कोइरालाको वैद्यलाई आग्रह

काठमाडौं, वैशाख ५-नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले चुनावी प्रक्रियामा सहभागी हुन नेकपा-माओवादीलाई आग्रह गर्नु भएको छ । विहीवार विहान नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई उनकै निवास धापासीमा भेटी उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजक समेत रहेका कोइरालाले आन्दोलन छोडेर चुनावमा सहभागी हुन आग्रह गरेका हुन् । भेटमा कोइरालाले मुलुकलाई निकास दिन चुनावमा जानुको अर्को विकल्प नरहेको भन्दै चुनाबमा आउन आग्रह गरेको कोइरालाको नीजि सचिवालयले जनाएको छ । जवाफमा अध्यक्ष वैद्यले दलहरुले वोलाउने वार्तामा आउने तर सरकार र उच्चस्तरिय संयन्त्रले बोलाउने वैठकमा आफूहरु सहभागी हुनुको औचित्य नरहेको वताएका थिए । वैद्यले प्रधानन्यायाधीश नेतृत्वमा गठित सरकारको बर्हिगमन नहुँदासम्म र चैत १ कदम नसच्याइएसम्म आफूहरु चुनावमा सहभागी नहुने बताए । कोइरालाले भने नेकपा-माओवादी र मधेशी जनअधिकार फोरम नेपाललाई पनि उच्चस्तरिय राजनीतिक संयन्त्रमा सहभागी गराउने तयारी भइरहेको जानकारी वैद्यलाई गराएका थिए । भेटपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै सभापति कोइरालाले वैद्यलाई वार्तामा आउन आग्रह गरेको बताए । कोइरालाले वैद्यसंगको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिए । छलफलमा काँग्रेसका तर्फवाट सभापति कोइरालासहित उपसभापति रामचन्द्र पौडेल र नेकपा-माओवादीका तर्फवाट अध्यक्ष वैद्यसहित सचिव देव गुरुङ सहभागी थिए ।

0 comments

तपाईंको प्रतिकृया