चुनाव मंसिरमा हुन्छः देउवा
सर्लाही, ६ वैशाख–नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मंसिरमा नै संविधानसभाको निर्वाचन हुने बताएका छन् । उनले राष्ट्रपति र राजनीतिक दलबीच मंसिरमा नै निर्वाचन गर्ने सहमति भएको जानकारी दिए ।
सर्लाहीको लालबन्दीमा शुक्रबार नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले चुनावका लागि आधारभूत काम गर्न बाँकी रहेकोले चुनावको मिति तय हुन नसकेको बताए ।
मिति घोषणा भएको तीन महिना भित्रै चुनाव हुने भन्दै देउवाले बढी समय लिएर मिति तोक्न नमिल्ने भएकोले तत्काल निर्वाचनको मिति किटान गर्न नसकिएको बताए ।
देउवाले जनजाती, मधेसी र महिलाको सवालमा पार्टीले महासमितिमा महत्वपुर्ण निर्णय गरेको जानकारी दिए ।
चुनावी एजेन्डा र महासमितिको निर्णय चुनावको मिति तोकिएपछि पार्टीले चुनावी घोषणापत्रमार्फत् सार्वजनिक गर्ने जानकारी दिए । उनले संघीयताको सवालमा कांग्रेस मिश्रित प्रणाली र ११ प्रदेशमा अडिग रहने बताए ।
0 comments
तपाईंको प्रतिकृया