Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
महायज्ञ मार्फत विदेशी दुस्प्रचारको भण्डाफोर - शास्त्री


नरेश के सी  
भैरहवा ,  २० चैत्र ।

भैरहवामा सञ्चालित महायज्ञले नेपालको पुरातात्विक सम्पदाको विषयमा अन्य मुलुकले गर्ने गरेको विभिन्न दुस्प्रचारलाई भण्डाफोर गरेको यज्ञका मूख्य बाचक बालव्यास इश्वर कृष्ण शास्त्रीले दाबी गरेका छन् । रुपन्देहीको आनन्दवनमा मोक्षधाम सेवा आश्रम आठधाम निर्माण सहयोगार्थ यहि १३ गते देखी भैरहवामा जारी श्रीमद्भागवत महा महोत्सव २०६९ मा महायज्ञका बाचकहरुले नेपालमा वर्षेनी लाखौ धार्मिक पर्यटक भित्राउन सकिने तथ्य समेत सार्वजनिक गरेका छन् । अधिकांश ठाऊमा आयोजित महायज्ञमा बाचकहरुले महाभारत, गीता, पुराण लगायत हिन्दू धर्म शास्त्रको वर्णन गर्ने , भजन गाउने र आयोजकले अर्थसंकलनको लागी हर प्रयास गर्ने गरेको पाइन्छ । तर अहिले भैरहवामा सञ्चालित यज्ञ धार्मिक प्रवचन, दैनिक पूजा पाठको अतिरिक्त नेपालका तिर्थस्थल संसारकै पवित्र तिर्थस्थल भएको तर्फ बढ्ता प्रवचन दिदै उपसिथत भक्तजनलाई जानकारि गराइएको छ । ७ औ दिनको मंगलबारको महायज्ञमा धार्मिक प्रवचन दिदै महायज्ञका मूख्य बाचक शास्त्रीले बुद्ध र बुद्ध जन्मस्थल लुम्बिनी एवं तिलौराकोटको विषयमा अन्य मूलकले दुस्प्रचार गरिरहेको बताउदै यसको भण्डाफोर गर्न यो यज्ञ सहयोगी बन्ने दाबी गरे । शास्त्रीले भने “ हामीले भारतीय धार्मिक च्यानल आस्था मार्फत भारतीयहरुलाई नै के जानकारी गराउन चाहन्छौ भने बुद्ध जन्म स्थल लुम्बिनी र तिलौराकोट नेपालमै पर्दछ । ” नेपालमा अन्तराष्ट्रिय स्तरका टेलिभिजन हुदाहुदै भारतीय टिभीलाई प्रत्यक्ष प्रसारणको जिम्मा दिएको प्रति स्थानियरुपमा उठेका टिप्पणीलाई शास्त्रीले भनेका छन् “ यस विषयमा मैले गुनासो सुनेको छु । हाम्रो अभिप्राय आस्था टिभी मार्फत दैनिक १० करोड मानिसलाई नेपालका तिर्थस्थलका बारेमा चिनाउनु हो । विश्वका ९९ प्रतिशत धर्मालम्बीले हेर्ने टेलिभिजनलाई प्रयोग ल्याउदा उत्तम हुने ठानी यो गरिएको हो ।” प्रवचनका क्रममा शास्त्रीले भनेका छन् “बुद्ध जन्म स्थल लुम्बिनीको विषयमा साचो बोल्दा मृत्यु बरण गर्नुपरे पनि हामी तयार छौ । यो यज्ञको मूलभूत उद्धेश्य नेपालका धार्मिक स्थलको अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्ने र दोस्रो मोक्षधाम निर्माण गर्ने रहेको हो ।” स्मरण होस् भारतीय आधिकारीक प्रीन्ट तथा विद्युतिय सञ्चार माध्यमले लुम्बिनीको विषयमा अहिले पनि दुस्प्रयास गर्दै आएका छन् । भारतीय पक्षले भारतमै नक्कली कपिलबस्तु बनाएको छ । पछिल्लो समय लुम्बिनीमा आयोजित भारतीय राजदुत जयन्तप्रसाद र नेपालका तत्कालिन पर्यटन मन्त्रि पोस्टबहादुर बोगटीकै उपस्थितीमा भारतीय पक्षले वितरण गरेको दी पाथ नामक पुस्तकमा बुद्धको दरबार तिलौराकोट भारतमा पर्दछ भनी भ्रामक प्रचार गरिएको थियो । यस्ता गलत प्रचारलाई भण्डाफोर गर्न भारतीय टेलिभिजन मार्फत नै उनीहरुले बुझ्ने भाषामा गरिदा सार्थक हुने भएकोले यसो गरिएको महायज्ञ आयोजक समितीको दाबी छ । मंगलबारको महायज्ञको प्रवचन कार्यक्रममा लुम्बिनी विकाष कोषका उपाध्यक्ष आचार्य कर्मा सांगबो शेर्पा, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुकुमार शर्मा, सन्त महाराज १००८ स्वामि कैलाशनन्द सरस्वति, १००८ स्वामि स्वरुपानन्द, समाजसेवी नारायण अग्रवाल, ओमकार गौचन, महायज्ञका संयोजक कृष्णप्रसाद भण्डारी, महासचिव कृष्ण प्रसाद पन्थि, वरिष्ठ ज्योतिष डा. बासुदेव कृष्ण शरण, दर्शनशास्त्री चैतन्य कृष्ण प्रभु लगायतको आतिथ्यता रहेको थियो । यसै बिच भैरहवामा जारि महायज्ञमा ११ हजार १ सय ११ बृद्धाबद्धालाई सम्मान गर्ने कार्यक्रमअनुसार महायज्ञको ७ औ दिन मंगलबार सम्म सात हजार बृद्धालाई सम्मान गरिएको आयोजकले बताएका छन् । उमेर ७० वर्ष भन्दा माथिका बृद्धालाई सम्मान गरिएको यज्ञ आयोजक समितीका महासचिव कृष्ण प्रसाद पन्थिले जनाए । नेपालमै पहिलोपटक यति ठुलो संख्यामा बृद्धाहरुलाई सम्मान गर्ने कार्यक्रम प्रभावकारी भएको महासचिव पन्थिको दाबी छ । सम्मान लिन रुपन्देही, कपिलवस्तु, चितवन, गुल्मी, अर्घाखाची, पाल्पा, नवलपरासी, स्यांजा, कास्की, काठमाण्डौं लगायतका जिल्लाका मानिसहरुले आफ्ना बृद्ध माता पितालाई लिएर आएको यज्ञ संयोजक कृष्ण प्रसाद भण्डारीले जनाए । यसैगरी ७ औ दिनसम्म यज्ञमा झण्डै दुई करोड बढी चन्दा दान संकलन भएको सहसंयोजक लक्ष्मण भण्डारीले जनाए । रुपैया ५१ सय बराबरको एक हात भूमी दान अन्र्तगतको अभियानमा मंगलबार सम्म ८० लाख बराबरको भूमिदान प्राप्त भएको आयोजकले बताएका छन् । नेपालका चार धाम र भारतका चार धामलाई एकै ठाममा निर्माण गर्ने उद्धेश्यले भैरहवामा यज्ञ सञ्चालित छ । भैरहवाको यज्ञबाट उठेको रकमले आठ धाम निर्माण गरिने आयोजकले जनाएका छन् । भारतका बद्रिनाथ, जगन्नाथपुरी, रामेश्वरम र द्वारिका एवं नेपालका लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधामलाई रुपन्देहीमा निर्माण गर्ने आयोजकले जनाएका छन् । हिन्दु धर्माशास्त्र अनुसार आठ धामको भ्रमण नगरि मोक्षप्राप्त हुदैन भन्ने कथन छ । सबै वर्गका मानिसले देशाटन गरेर आठ धामको भ्रमण गर्न नसक्ने हुदा आठ धामलाई एकै ठाम निर्माण गरि मोक्ष पाउने स्थल अथवा मोक्षधाम निर्माण गर्न लागिएको यज्ञ आयोजक हितराज पन्थिले जनाएका छन् । भैरहवामा जारी महायज्ञमा दैनिक हजारौको उपस्थिती रहेको छ । महिला, पुरुष, बालबालिका, बृद्ध, बृद्धा तथा किशोर एवं युवाहरुगरी प्रत्येक दिन हजारौ को उत्साहवद्र्धक उपस्थिती रहेको यज्ञ सचिवालय सदस्य डासुराम ढकालले जनाए ।

0 comments

तपाईंको प्रतिकृया