ज्ञानेन्द्र आइतबार स्वदेश फर्कदै
काठमाडौं,वैशाख ७ – थाइल्याण्डमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित भोलि आइतबार काठमाडौं फर्किदै छन् । छोरा पारस शाहको स्वास्थ्य उपचारका क्रममा बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी र छोरीहरु भोलि दिउँसो साँढे १२ बजेको थाई एयरवेजबाट काठमाडौं आउन लागेको निर्मल निवास स्रोतले जानकारी दिएको छ । हृदयघात भई थाइल्याण्डको समितिवेज अस्पतालमा उपचार गराइरहनुभएका पारसलाई भेट्न पूर्व राजारानी गत फाल्गुन १६ गते बैंकक पुगेका थिए । पारस भने अझै नौ हप्ता चान्स पुर्नस्थापना केन्द्रमै रहने स्रोतको भनाई छ । यसअघि पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार भएपछि उहाँलाई चिकित्सकको सल्लाहमा पुर्नस्थापना केन्द्रमा भर्ना गरिएको थियो । पारसको स्वास्थ्यमा भने अहिले उल्लेख्य सुधार आएको छ । नौ हप्तापछि पारस पनि स्वदेशमै फर्किने बताइएको छ।
0 comments
तपाईंको प्रतिकृया