Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
देश चलाउने जिम्मा हामी लिन्छौं : प्रचण्ड

काठमाडौं ८ बैशाख, । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश चलाउने जिम्मा अब आफ्नो पार्टीले लिने बताउनु भएको छ । अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकमा प्रशिक्षण दिन थानकोट पुग्नु भएका प्रचण्डले देश चलाउने जिम्मा एकीकृत नेकपा माओवादीले लिने बताउनु भएको हो । हिजो मात्रै चीन भ्रमण सकेर स्वदेश फर्कनु भएका प्रचण्डले चीन र भारतलाई मिलाएर अघि बढ्ने समेत बताउनु भयो । अध्यक्ष प्रचण्डले अब हुने स्ववियु चुनावमा देशैभरिबाट दुई तिहाइ क्याम्पसमा विजय हासिल गर्नेगरी तयारी गर्न निर्देशन पनि दिनुभयो । आम चुनावका लागि स्ववियु चुनावको महत्व हुने भएकोले सबै विद्यार्थी नेताहरुलाई निर्वाचनमै ध्यान केन्द्रित गर्न उहाँले आग्रह गर्नुभयो । आगामी संविधानसभा चुनावमा पार्टीको जित सुनिश्चित भएको अध्यक्ष प्रचण्डले दाबीसमेत गर्नुभयो । काठमाडौंको थानकोटस्थित अरविन्द्र योग शिविरको हलमा बसेको बैठकमा आगामी स्ववियु निर्वाचनको रणनीति, विद्यार्थी नेताहरुको कार्यविभाजन, स्ववियु निर्वाचनकालागि क–कस्ले उम्मेदवारी दिने लगायतका विषयमा छलफल भएको बताइएको छ ।

0 comments

तपाईंको प्रतिकृया