नागरिकता बितरणलाई सत्ता बार्गेनिगंको बाटो बनाईनु हुदैन-सुर्यबंशी

सन्तोष बस्याल
पाल्पा ८ बैशाख ।
पाल्पा ८ बैशाख ।
राष्ट्रिय जनमुक्ती पार्टीले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्याधिषको पदबाट राजिनामा दिए जारी गतिरोधको अन्त्य हुने बताएको छ । जनमुक्ती पार्टी संघिय परिषदको यही ६ र ७ गते तानसेनमा भएको १० औं बैठकका निर्णय सार्बजनिक गदै पार्टीका महासचिब केशब सुर्यबंशीले प्रधानन्याधिषको पदबाट खिलराज रेग्मीले राजिनामा दिए राष्ट्रिय सहमतीको सरकार बन्न कत्ती पनी बेर नलाग्ने बताए ।
प्रमुख भनिने दलले अन्य साना दललाई उपेक्षा गरेकोले नै अहिले देशमा गम्भिर राजनितीक संकट पैदा भएको उनले बताए । बैठकका निर्णय सार्बजनिक गर्दै महासचिब सुर्यबंशीले संबिधान सभाको निर्बाचनको सुनिश्चीतता र राष्ट्रिय सर्बदलिय सरकार गठन नै सर्बोत्तम बिकल्प भएको बताए । यद्यपी निकासका लागी प्रधानन्याधिष पदबाट राजिनामा पहिलो सर्त पार्टीको ठहर छ ।
राजनितीक सहमती बिना जारी गरिएको नागरिकता बिधेयक तत्काल खारेज हुनु पर्ने पार्टीको आधिकारीक धारणा रहेको बताउदै महा सचिब सुर्यबंशीले भने “नागरिकता बितरणलाई सत्ता बार्गेनिगंको बाटो बनाईनु हुदैन ।”
संबिधान सभाबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिको लागी आफनो पार्टीको नेतृत्वमा साझा मोर्चाको प्रस्ताब पार्टीले अगाडी सारेको छ । निर्बाचनको सुनिश्चितता, संघियता र भ्रष्टाचार सम्बन्धमा पार्टीले जनतालाई सुसुचित गर्न उसले आगामी १५ गते देखी साउन मसान्त सम्म राष्ट्रिय जनजागरण अभियान समेत थाल्ने भएको छ ।
जनसंख्याको आधारमा मात्र राज्यको निर्धारण गरिनु पर्ने बताउदै सुर्यबंशीले भने “सबैलाई तराईको जनसंख्याको आधारमा हेरीनु हुन्न ।” हिमालमा २५ हजार, पहाडमा ४० हजार र तराईमा बढीमा एक लाख ५० हजार जनसंख्यालाई आधार बनाएर राज्य बनाउनु पर्ने उपयुक्त हुने पार्टीको ठहर छ ।
संक्रमण कालिन अबस्थामा राजनितीक सहमती बिनाको नागरिकता बितरण र चुनाब कुनै पनी हालतमा आफनो पार्टीलाई स्विकार्य नहुने उसको ठम्याई छ ।

0 comments
तपाईंको प्रतिकृया