उपाध्यक्ष क्षेत्रीद्वारा पदबाट राजीनामा
काठमाडौं ९ बैशाख, । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले पदबाट राजीनामा दिनु भएको छ । उहाँ तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनु भएको थियो ।
प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद गठन भएको एक महिनापछि उहाँले पदबाट राजीनामा दिनु भएको हो । क्षेत्री सहितका तीन जना सदस्यहरुले आज मन्त्रिपरिषद अध्यक्ष रेग्मीलाई राजीनामा पत्र बुझाउनु भएको छ । सिंहदरबारमा आजै उहाँहरुको विदाई कार्यक्रम गरिएको छ ।
पूर्व गर्भनर समेत रहेका क्षेत्रीले योजना आयोगसँग सल्लाह नगरी वर्तमान चुनाबी सरकारले बजेट ल्याएको भन्दै असन्तुष्टि जनाउनु भएको थियो ।
0 comments
तपाईंको प्रतिकृया