आय ब्यय सार्बजनिक
सन्तोष बस्याल
पाल्पा २० चैत्र ।
फागुन १७ देखी २७ सम्म पाल्पाको तानसेनमा संचालित पाल्पा महोत्सब २०६९ को आय ब्यय सार्बजनिक गरिएको छ । मंगलबार आयोजक पाल्पा उद्योग बाणिज्य संघले एक कार्यक्रम गरी आय ब्यय सार्बजनिक गरयो । मेला अबधी भर कुल ५९,५२,३९०।– को आम्दानी भएको र सम्पुर्ण खर्च कटाई २६,६३,००५।–खुद बचत गर्न सफल भएको मेला ब्यवश्थापन समितीका सचिब एवम अर्थ संकलन संयोजक मनमोहन श्रेष्ठले प्रतिबेदन सार्बजनिक मार्फत जानकारी गराए । मेलामा सबै भन्दा बढी टिकट बिक्री, स्टल दर्ता, बाल उद्यानबाट आम्दानी गर्न सफल भएको प्रतिबेदनमा उल्लेख छ । आय ब्यय सार्बजनिक गर्दै श्रेष्ठले पाल्पाका दश वटा मेला महोत्सबहरुमा यस पटकको मेलाबाट सबै भन्दा बढी रकम बचत गर्न सफल भएको जनाए । मेलाबाट संकलित रकम बहुउद्येश्यिय भवन निर्माण र पाल्पामा एयरपोर्टको निर्माणमा खर्च गरिने पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला संयोजक मधुदयाल सैंजुले जानकारी दिए । मेलामा स्थानिय कृषी तथा घरेलु उत्पादनलाई प्राथमिकताका साथ राखिएको थियो साथै कुटिर उद्योगका उत्पादन, ढाका, करुवा, अटोमोबाईल, सुचना प्रबिधी संघ सम्बन्धित स्टल, बैंक तथा बित्तिय संस्था लगाएत राष्ट्रिय तथा बहु राष्ट्रिय कम्पनीका उत्पादनहरु प्रदशनीमा राखिएका थिए । महोत्सबमा एक गाउ एक उत्पादन कार्यक्रम अन्र्गतको अदुवालाई बिशेष प्राथमिकताका साथ राखिएको सथयो भने साथै सुचना प्रबिधी संग संबन्धित स्टल, बाल उद्यान, स्थानिय परिकारका स्टलहरु र बिबिध सास्कृतीक कार्यक्रमहरु पनी रहेका थिए । पाल्पामा कृषी, पर्यटन, उद्योग र ब्यापारः अबसर र संभावना छ अपार भन्ने नाराका साथ पाल्पा महोत्सब २०६९ आयोजना गरिएको हो । । उद्योग बाणिज्य संघ पाल्पाको आयोजना, नेपाल उद्योग बाणिज्य महासंघ, जिल्ला बिकास समिती पाल्पा, तानसेन नगरपालिकाको मुख्य आयोना र जिल्ला कृषी बिकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयको सहआयोजनामा महोत्सब गरिएको हो ।

0 comments
तपाईंको प्रतिकृया