Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
लोकतन्त्र रक्षाका लागि कांग्रेस बलियो हुनु पर्छ ः खांण

कपिल ज्ञवाली बैशाख, ११ बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँणले कांग्रेसकै नेतृत्वमा लोकतन्त्र पूनस्थापना भएकाले लोकतन्त्रको रक्षाका लागि कांग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने बताएका छन । उनले बामपन्थहरु जती लोकतन्त्रका कुरा गरेपनि अन्तत उनीहरुको गन्तव्य साम्यवाद नै भएकाले लोकतन्त्र रक्षामा उनीहरुको भूमिका नहुने पनि दावी गरे । आठौं लोकतन्त्र पूनस्थापना दिवसको अवसरमा नेपाली कांग्रेस रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खाँणले कम्यूनिष्टहरुले लोकतन्त्रलाई भ¥याङ्ग मात्र बनाएको जिकीर गरे । लोकतन्त्र बचाउने काम कांग्रेसको भएको औंल्याउँदै उनले कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र पनि बलियो हुन सक्ने उनले बिश्वास व्यक्त गरे । लोकतन्त्रलाई बलियो बनाउन र लोकतान्त्रिक संबिधान निर्माणका लागि कांग्रेस लागि पर्ने बताउँदै आसन्न संबिधान सभा निर्वाचनमा कांग्रेसलाई बहुमत सहित जिताउन सर्वसाधारणलाई आग्रह गर्दै निर्वाचनका लागि लाग्न पनि कार्यकर्तालाई आग्रह गरे । पार्टीका जिल्ला सभापति अव्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता दुर्याेधन सिंह चौधरी पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, क्षेत्र नं. २ का सभापति मातृका यादव, महासमिती सदस्य सालिकराम उपाध्याय, कृषि श्रमिक संघकी केन्द्रीय अध्यक्ष बिमला गैरे, महिला संघकी जिल्ला सभापति रमा अर्याल, प्रजातन्त्रबादी प्राध्यापक संघका मदन कट्टेल, सिद्दार्थनगर सभापति सुरेन्द्र जंग थापा, व्यासमुनी चौधरी, तरुण दल रुपन्देहीका उपसभापति भरत केसी, नेबिसंघ रुपन्देहीका सचिव बिष्णु पोखरेल लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रम उपसभापति मनोरमा सेरचनको स्वागत तथा सचिव रामकृष्ण खाँणको सञ्चालनमा भएको थियो ।

0 comments

तपाईंको प्रतिकृया