नेपालीको कुटीकुटी हत्या
धनगढी १३बैशाख –भारतको गुजरात राज्यमा एक नेपालीको कुटिकुटी हत्या भएको छ । कैलाली सुगरखाल गाविस वडा नं ८ घर भएका २१ बर्षीय कमल भुलको बुधबार हत्या भएको आफन्तले जानकारी दिएका छन् ।
गुजरातको गान्धीधाम चापला चोकस्थित योगेश नेगारीको घरमा घरेलु कामदारका रुपमा कार्यरत उनलाई भारतीयहरुको एक समूहले निर्घात कुटपिट गरी हत्या गरेको नेपाली जनसम्पर्क समिति भारतले जनाएको छ । सम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेका अनुसार भुललाई प्रहरी चौकी नजिकै हत्या गरिएको थियो । उक्त समयमा प्रहरी समेत मुकदर्शक बनेको थियो । नेपाली जनसम्पर्क समितिले वक्तव्य प्रकाशित गरी हत्याको भत्सर्ना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।
यसअघि नयाँदिल्लीमा दुई नेपाली युवतीहरुको बेग्लाबेग्लै स्थानमा बलात्कृत हुनुपरेको थियो । पछिल्लो समयमा नेपालीहरु अपराधीहरुको तारो बनेको भन्दै भारतस्थित बिभिन्न नेपाली संघसंस्थाले भारतमा रहेको नेपाली दूतावास समक्ष यस बिषयमा भारत सरकारको गम्भीर ध्यानाकर्षण गराउन समेत आग्रह गरेका छन् ।
0 comments
तपाईंको प्रतिकृया